सरकारले आज विभिन्न ११ देशका राजदूत नियुक्ति गर्दै

सरकारले आज विभिन्न ११ देशका राजदूत नियुक्ति गर्दै

एमालेले आठ, रास्वपाले दुई र माओवादीले एक पाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सरकारले विभिन्न ११ देशमा रिक्त रहेका नेपाली राजदूतहरूको नियुक्ति गर्ने भएको छ ।

आज दिउँसो ४ बजे बोलाइएको मन्त्रिपरिषदको बैठकमा राजदूतहरूको नियुक्ति गरिन लागिएको हो ।

बिहीबार नै नियमित बस्नुपर्ने मन्त्रिपरिषदको बैठक स्थगित गरेर आजका लागि बैठक बोलाइएको हो । बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्ति गर्ने समाचार स्रोतले जनाएको छ ।

राजदूत नियुक्तिका विषयमा बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछाने तथा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । छलफलमा सत्तारुढ प्रमुख नेताहरूले राजदूतको भागबन्डा मिलाएका छन् ।

दलीय सहमति जुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत नियुक्त गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । दलीय सहमति अनुसार एमालेले आठ देशको राजदूत पाउने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति भएको छ ।

यसअघि सरकारले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

नयाँ राजदूतहरू सोही देशमा सरकारले पठाउन लागेको हो ।

नयाँ राजदूतमा एमालेबाट युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा, नारायण संग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतको नाम छ ।