मन्त्रिपरिषद्‍बाट निर्णय भइ प्रमाणीकरण नभएको राजदूत सिफारिस हेरफेर हुने

मन्त्रिपरिषद्‍बाट निर्णय भइ प्रमाणीकरण नभएको राजदूत सिफारिस हेरफेर हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको ८ देशमा राजदूत सिफारिस गर्ने निर्णय हेरफेर हुने भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरे पनि प्रमाणित नभएकाले राजदूतको सूचीमा अब बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारले हेरफेर गर्ने निकटस्थ स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार माओवादीको सिफारिसमा मन्त्रिपरिषद्‍बाट सिफारिस भएका राजदूतको नाम हेरफेर गरिने भएको हो । माओवादीले डा. बिजन पन्तलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

७ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको थियो । रेग्मी र घिमिरे एमालेका तर्फबाट राजदूतमा सिफारिस भएका थिए ।

बैठकले दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खानलाई सिफारिस गरिएको थियो ।

मानवअधिकारकर्मी प्याकुरेलले आफूसँग सल्लाहसमेत नगरी गरिएको सिफारिसको निर्णय अस्वीकार गर्ने घोषणा गरिसकेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले साउदीका लागि सिफारिस गरेका खानको बारे पनि विवाद भएको थियो ।

सोमबार एमालेले नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेपछि राजदूतमा सिफारिस नामावलीमा हेरफेर हुने भएको हो ।