काठमाण्डु – प्रस्तावित राजदूतबारे निर्णय लिन शीष नेताको ग्रीन सिंनल नपाएपछि आइतबार स्थगित गरिएको संसदीय सुनुवाइ समितिको बैठक बुधबारका लागि आह्वान भएको छ ।
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्न असोज २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि समिति बैठक आह्वान भएको समिति सदस्य कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।
प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएको छ । सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग राजदूतको सिफारिस समावेशी नभएकोबारे छलफल गरेको थियो ।
समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीबारे कानुनका जानकारसँग पनि छलफल गरेको थियो। प्रमलेसियाका लागि सिफारिस डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि सिफारिस डा.शंकरप्रसाद शर्मा, इजरायलका लागि सिफारिस प्रा.धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन् । उनीहरूको नियुक्ति सिफारिस संविधान र नियमावलीविपरीत भएको तथ्यहरू बाहिर आइरहेका छन् ।
उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा शीर्ष नेताहरूले ग्रीन सिंनल नदिएकाले समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन् ।




प्रतिक्रिया