काठमाण्डु– सरकारले ११ राजदूतलाई फिर्ता बोलाएको छ । अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकादेखि भारतसम्मका ११ राजदूत फिर्ता बोलाउने निर्णय निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिर्ष तहमा नेपाली कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउन गरेको सहमतिअनुरुप सरकारले फिर्ता बोलाउने निर्णय लिएको हो ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल,स्पेन, राम राय डेनमार्क,अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको एक मन्त्रीले जानकारी दिए ।
पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपालको नियुक्तिसमेत रद्द गरिएको छ । नेपाललाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता ज्ञानेन्द्र कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको मुद्दा मिलाउन नयाँ दूतावास खोलेर राजदूत नियुक्त गर्ने निर्णय गरिएको थियो । त्यसपछि भने थप प्रक्रिया भने अघि बढेको थिएन ।




प्रतिक्रिया