नेपाल र भारतले साझा डिजिटल भुक्तानी प्रणाली अपनाउनु आवश्यक छ: राजदूत श्रीवास्तव

नेपाल र भारतले साझा डिजिटल भुक्तानी प्रणाली अपनाउनु आवश्यक छ: राजदूत श्रीवास्तव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको सम्पर्क थप बलियो बनाउनका लागि ‘डिजिटल कनेक्टिभिटी’ आवश्यक रहेको बताएका छन् ।

सोमबार कैलालीको धनगढीमा आयोजित मानसखण्ड सम्मेलनमा मन्तव्य राख्ने क्रममा श्रीवास्तवले भारतीय तीर्थयात्रीलाई नेपालका तीर्थस्थलमा थप सहजता दिलाउन डिजिटल गेटवे आवश्यक रहेको बताएका हुन् ।

‘भारतबाट नेपाल आउँदा २५००० भारु मात्र ल्याउन पाइन्छ र त्यो पनि १०० भारुको डिनोमिनेसनमा मात्र । सुरक्षाको दृष्टिकोणले त्यो उपयुक्त हुँदैन । नेपालले पनि भारतसँग मिलेर साझा विद्युतीय भुक्तानी प्रणालीलाई अपनाउनु व्यावहारिक हुन्छ ।’, उनले भने ।

दुई देशको सीमामा रहेका नदीमा थप मोटरेबल पुल बनाउने योजना बनिरहेको पनि श्रीवास्तवले बताएका छन् ।