काठमाण्डु- नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन्। सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा उनहरुबीच भेट भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको जनाइएको छ ।
‘भेटमा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ । कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्ने कुरामा पनि छलफल भयो । यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ,’ राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने ।




प्रतिक्रिया