काठमाण्डु – संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको छ । बिहीबार संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको हो ।
अनुमोदित राजदूतमा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदुतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराई छन् ।
सरकारले सिफारिस गरेका राजदुतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया