काठमाण्डु– नेपालका लागि चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्।
राष्ट्रपति कार्यालय महाराजगञ्जमा मंगलबार राष्ट्रपति पौडेलसँग राजदूत सङले शिष्टाचार बिदाइ भेट गरेका हुन्।
सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्।
सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए।




प्रतिक्रिया