अमेरिकी राजदूतले दिए महाशिवरात्रीको शुभकामना

अमेरिकी राजदूतले दिए महाशिवरात्रीको शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डि बेरीले महाशिवरात्रीको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा १३ वर्षअघिको एक तस्वीर शेयर गर्दै शिवरात्रीको शुभकामना दिएका हुन् । उनले नेपालमा ६ वटा शिवरात्रीको अनुभव गर्ने अवसर पाएको बताएका छन् ।

‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्,’ उनले भनेका छन् ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।