काठमाण्डु – सर्वोच्च अदालतले सरकारले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ ।
राजदूतको योग्यतासम्बन्धी परेको रिट निवेदनमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले स्नातक नगरेको व्यक्तिलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्को जेठ २५ को बैठकले मन्त्री भइसकेको व्यक्तिलाई राजदूत नियुक्त गर्दा स्नातक तहको शैक्षिक योग्यता आवश्यक नपर्ने भन्दै कार्कीलाई सरकारले बहराइनको राजदुत नियुक्तिको लागि सिफारिस गरेको थियो ।





प्रतिक्रिया