प्रस्तावित चार देशका राजदूतविरुद्ध उजुरी आह्वान


काठमाडौं – सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरू भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा प्रस्तावित राजदूतहरू अस्ट्रेलियाका लागि महेश दहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिले प्रस्तावित राजदूतहरूलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानबिन गरी प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ ।

समितिले राजदूतमा प्रस्तावितहरूको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement