परराष्ट्र सेवाका ८ सहित २० देशका लागि राजदूत सिफारिस, काे-कहाँ ?

परराष्ट्र सेवाका ८ सहित २० देशका लागि राजदूत सिफारिस, काे-कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रस्तावित राजदूतमा जनता समाजवादी पार्टी (जसपा)बाट साउदी अरेबियाको लागि नेता नवराज सुवेदी र डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय सिफारिस भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट विष्णु पुकार श्रेष्ठ चीनको लागि राजदूत सिफारिस भएका छन् । एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाशराज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई कतारका लागि सिफारिस गरिएको छ ।

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी जापान, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।