अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्छ : राजेन्द्र लिङदेन

अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्छ : राजेन्द्र लिङदेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्ने बताएका छन्।शुक्रकार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले उक्त कुरा बताएका हुन् ।

त्यस्तै उनले अर्थतन्त्रले देश थला परिरहेको बेला अयोग्य लडाकुलाई रकम वितरण तथा राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ता दुरुपयोगको चरम दुरुपयोग भएको बताए।

उनले भने, ‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरुले रिफर गरेकै थिएनन्, जहाज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा। अहिले फेरि लडाकुलाई राहत। जबकि सरकार आफै भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपैयाँ छ।

यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा ! उनीहरु कहाँ पुगिसके, कति बितिसके, राज्य श्रोतमा हात हाल्न पाउनेबित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरु मजबुत हुनुपर्छ। सारा नकारात्मकता त्यागेर अघि बढ्नुपर्छ।’