काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपासँग मिलेर फरक सन्देश दिन सकिने खुलासा गरेका छन् ।
रास्वपा स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपा र राप्रपा छलफलमा रहेका जानकारी दिए ।
‘हामी संवादमा पनि छौं । सांसदको निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरेका थियौं । त्यसमा सफल हुन सकेनौं । भविष्यमा फेरि त्यस प्रकारको अभ्यास गर्नेछौं,’ उनले भने । राप्रपा र रास्वपा मिल्दा संसद्मा ३५ सिट हुनेबारे सोधिएको प्रश्नमा उनले भने, ‘हो हो, हामी २ वटा पार्टीले चाह्यौं भने फरक सन्देश दिन सक्छौं ।’




प्रतिक्रिया