काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् ।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीहरूले नै सुशासनको गफ दिँदा दुर्गतिमा फस्दै गएको बताए ।
उनले नेपालको राजनीतिमा आफू सधैं भ्रष्टाचारको विरुद्धमा रहेको बताए । भ्रष्टाचारले गन्हाएका मान्छेहरूले सुशासनको गफ दिएर बसेका छन् । तिनै मान्छेहरू संस्थाहरूमा गएर अर्ति उपदेश दिएको सुन्छु । तर म गर्भका साथ भन्छु, नेपालको राजनीतिमा कोही एउटा पात्र छन् भने म मात्रै हुँ । जो भ्रष्टाचारको विरुद्धमा छु । मैले भ्रष्टाचार गरेको छैन र म भविष्यमा पनि गर्ने छैन ।’




प्रतिक्रिया