एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ : नेता श्रेष्ठ

एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ : नेता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका राजेन्द्र श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले नेकपा रोजेको बताएका छन् ।

जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले नेकपामा आएको बताए । आजको एकता जायज रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो यो आजको एकता जायज छ । हामीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता रोज्यौ भन्दा नेपालमा नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि सधैं कालो बादल घुमिरहेको थियो । लामो इतिहासमा पनि हेर्ने हो भने सधैंभर राष्ट्रियताको लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको थियो नेपालमा, तर नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन हो, अब त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी हो, त्यसकारण मैले यो पार्टी रोजेको हो ।’

संविधान संशोधनको कुरा गरेर उनले एमालेसँग तालमेल गर्ने हो भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जाने भन्दै अब अग्रगामी परिवर्तनकारी शक्तिहरू एक ठाँउमा आउनुपर्ने बताए ।

उनले भने, ‘आज कतिपय साथीहरूले भनिरहनुभएको छ, जनता समाजवादी पार्टीलाई जीवित राख्छौं । अनि जीवित राखे पनि निर्वाचन लड्नको लागि के गर्नेभन्दा एमालेसँग तालमेल गर्नुपर्छ पनि भनेर हिनेका रहेछन् । हाम्रो स्पष्ट मत छ, अब आउने निर्वाचनमा संविधान संशोधन गर्ने एजेण्डा छ । तपाईं कुरा उठाउनुहुन्छ संविधान संशोधनको अनि तालमेल एमालेसँग गर्ने कुरा गर्नुहुन्छ भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जान्छ । त्यसकारण अग्रगामी परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुपर्छ भनेर आजको एकता गरेका हौं ।’