झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि झापा–३ बाट एकल सिफारिस भएका छन् ।
झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङ्देनको नाम सिफारिस गरेको छ ।
हल्दिबारी स्थायी घर भएका लिङ्देन २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।
उनले २०७४ सालको निर्वाचनमा सिटौलालाई नै पराजित गरेका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए ।




प्रतिक्रिया