काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलबिच नविन समझदारी आवश्यक रहेको बताएका छन् ।
आईतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलबिच नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।
उनले भने, ‘अहिले यो देशको राजनीतिक दलका बिचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो,’ उनले भने ।
अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको भन्दै उनले राजनीति ,अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रुपमा देखिएको धारणा राखे ।
उनले भने, ‘अहिले नेपालको जुन अवस्था छ । त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रूपमा देखिएको छ । अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ । तरल बनिराखेको छ । यसको एक मात्र समाधान, चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस्, पराराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो,’ उनले भने ।




प्रतिक्रिया