कोशी प्रदेशमा हामीले कसैलाई सघाउने निर्णय गरेका छैनौं, हतार गर्दैनौं : अध्यक्ष लिङ्देन

कोशी प्रदेशमा हामीले कसैलाई सघाउने निर्णय गरेका छैनौं, हतार गर्दैनौं : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले तत्कालै कोशी प्रदेश सरकारमा सहभागी हुने/नहुनेबारे राप्रपाले निर्णय गर्न हतार नगर्ने बताएका छन् ।

मंगलबार संसद् बैठकबाट बाहिरिने क्रममा उनले यथास्थितिमा कोशी प्रदेश सरकारमा सहभागी नहुने बताए ।

‘अहिले हामीले कसैलाई सघाउने निर्णय गरेका छैनौं, हतार गर्दैनौं,’ उनले भने ।

नेकपा माओवादीले जातीय राज्यको अवधारणा अघि सार्दाको दुष्परिणाम अहिले समाजमा देखिन थालेको उनले आरोप लगाए । ‘नेकपा माओवादीले जुन किसिमको जातीय राज्यको अवधारणा अगाडि सारेर एकप्रकारले विभाजनको बीजारोपण गर्‍यो, त्यसको दुष्परिणाम अहिले देखिन थालेका छन्,’ उनले भने ।