राप्रपाको राय : कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ

राप्रपाको राय : कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने राय दिएका छन् ।

आज शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको व्यवस्थाका संस्थापक एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने धारणा व्यक्त गरे ।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको उनले बताए । अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणलाई सरकारले सत्ताको रक्षा कवचका रूपमा प्रयोग गरेको उनले बताए ।

आर्थिक कारणले प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने बताए ।