जनता खर्बाैंको ऋणमा डुब्ने गरी देशले जनप्रतिनिधिको भार थेग्न सक्दैन : अध्यक्ष लिङ्देन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनता खर्बौंको ऋणमा डुब्ने गरी देशले जनप्रतिनिधिहरूको भार थेग्न नसक्ने बताएका छन् ।

राप्रपाले आज बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरूको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भारी मात्रामा कटौती गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा स्वीकार गर्न प्रमुख ३ दललाई आग्रह गरे । ठूला दलहरूले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको उनले बताए ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकका लागि हितकर हुने पनि उनले बताए ।

अध्यक्ष लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराए । गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकता खलबल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

गिद्ध समेत मार्न नपाइने कानून भएको देशमा गाई मार्छु भन्नेहरूलाई सरकारले कारबाही नगरेकोप्रति उनले आपत्ति जनाए । धर्म निरपेक्षताका नाममा द्वन्द्वको बिजारोपण गर्ने काम नगर्न उनले सरकारलाई सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement