जनता समाजवादी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

जनता समाजवादी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र मधेश केन्द्रित  नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट छुट्टिएका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको छ ।

काठमाण्डुमा बिहीबार आयोजित कार्यक्रमबीच दुवै पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।

भविष्यमा पार्टी एकताको लक्ष्य राखेर तत्काललाई कार्यगत एकता गरिएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए ।

दुवै दलको कार्यगत एकताको सहमतिपत्रमा अध्यक्षद्वय राई र महतोले हस्ताक्षर गरेका छन् । राईले जनजाति समुदाय र महतोले मधेशी समुदायमा प्रभाव राख्छन् ।