कांग्रेस छाड्दै राजेन्द्र बजगाईं

कांग्रेस छाड्दै राजेन्द्र बजगाईं


काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै बजगाईंले ‘केही निकृष्ट पात्र’का कारण पार्टी परित्याग गर्ने सोचमा पुगेको बताएका हुन्।

उनले एक्समा लेखेका छन् ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास-नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,।’

कांग्रेस नेता शेखर कोइराला निकट बजगाईं आसन्न फागुन २१ मा हुने निर्वाचनमा टिकटको आकांक्षी थिए। तर सभापति गगन थापाले गोरखा-१ को टिकट प्रेम खत्रीलाई दिएपछि बजगाईं चिडिएका हुन् ।

बजगाईं २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका थिए।