राप्रपा अध्यक्षमा राजेन्द्रले दर्ता गराए मनोनयन

राप्रपा अध्यक्षमा राजेन्द्रले दर्ता गराए मनोनयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा दाबी गरेका राजेन्द्र लिङ्देन ले मनोनयन दार्ता गराएका छन् । बिहीबार लिङ्देनले केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क बुझाएर उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् ।

राप्रपा अध्यक्षमा उम्मेद्वारी दिन एक लाख रुपयाँ ‘दर्खास्त दस्तुर’ तिनुपर्ने हुन्छ । उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन १५ हजार रुपयाँ दस्तुर बुझाउनुपर्ने नियम राप्रपाले बनाएको छ । महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुने छ ।