काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशको विकास गर्न एकचोटी राप्रपालाई जिताउन आग्रह गरेका छन् ।
बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संघ र प्रदेशसभाको निर्वाचनमा राप्रपालाई मद्दत गर्न आग्रह गरेका हुन् । ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो । यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’, उनले भने ।
त्यसैगरी लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश नबन्ने दावी गरे । ‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदा चाहिँ देश बन्छ होला त ?’, लिङदेनले भने ।




प्रतिक्रिया