नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी जोगाउने काम नगरोस : राजेन्द्र लिङ्देन

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी जोगाउने काम नगरोस : राजेन्द्र लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएपछि बैठक अवरोधबिना चलिरहेको छ ।

लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गर्दै उनले यो प्रकरण गम्भीर अपराध रहेको बताए । साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरे ।