तीनकुनेमा सरकारले दमन गर्‍यो, मृतकलाई शहीद घोषणा गर्नुपर्छ : राप्रपा

तीनकुनेमा सरकारले दमन गर्‍यो, मृतकलाई शहीद घोषणा गर्नुपर्छ : राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाबारे निर्णय लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मृत्यु भएका २ जनालाई शहीद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले मृतकलाई शहीद घोषणा गर्न माग गरे ।

घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सबिन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो । राप्रपाले घटनामा सरकारले दमन गरेको आरोप लगाएको छ ।

‘तीनकुनेमा हिजो जे घटना भयो, त्यसमा सरकारको संलग्नता थियो,’ उनले भने, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो ।’

उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । जसले जे उद्देश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ ।’