राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ ।

युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको घाेषणा गर्दैछन् ।

उनले जमलस्थित एलो प्यागोडा होटेलमा पत्रकार सम्मेलन गर्दै लिङ्देनलाई समर्थन रहेको घोषणा गर्ने तयारी रहेको प्रचार विभाग सदस्य जनकराज पाठकले जानकारी दिए ।

हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा छन् । तर, उनी हालसम्म कुनै पक्षमा खुलिसकेका छैनन् ।

नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

भोलि बुधबारबाट सुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ ।