राप्रपा सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी दिएका छन् ।

लिङ्देनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘राप्रपा आफू र आफूजस्ता कयौँको रगत, पसिना र बैँस खर्चिएको पार्टी भएकोले यसको भविष्य सकिदैन ।’

‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ’, उनले लेखेका छन्, ‘मजस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’

उनले राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र, आर्थिक रूपले मात्र नभएर प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि नफर्किने स्पष्ट पारेका छन् ।

उनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने बताए । आफ्नो गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्ने उनको भनाइ छ । पार्टी सारा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्नेको दाबी छ ।