राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार आह्वान

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाएको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, ७ वटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझाव, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने लगायत विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।

पार्टीको आन्तरिक रणनीति र समसामयिक परिस्थितिका विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।