सर्वदलीय बैठकमा राजेन्द्र लिङदेनले भने-सरकारले परिपक्व व्यवहार देखाउनुपर्छ

सर्वदलीय बैठकमा राजेन्द्र लिङदेनले भने-सरकारले परिपक्व व्यवहार देखाउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुरुवाती चरणमा सरकारको लक्षण ठिक नदेखिएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा उनले सरकारलाई परिपक्व व्यवहार देखाउन सुझाव दिएका हुन् ।

उनले वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार नदेखाउन सरकार र रास्वपालाई सुझाए । प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्तिको उनले आलोचना गरे ।

बैठकपछि उनले भने, ‘सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देश हुन्छ । सरकारले परिपक्व व्यवहार देखाउनुपर्छ । चाहे प्रधानमन्त्रीको सीमासम्बन्धी मन्तव्य होस् या रास्वपाका सभापति भारतमा गएर ‘हामी विगतको भारी बोक्दैनौँ’ भनेको सवाल होस् ।’

‘लिम्पियाधुरा, कालापानी हाम्रो हो भनेर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामीले सर्वसम्मतले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा राखेको विषय पनि बोक्दिनँ भन्न खोजेको अर्थ लाग्न सक्छ’, बैठकमा उनले भने ।