लुम्बिनीको फर्जी कारबाही मान्य हुँदैनः राजेन्द्र महतो

लुम्बिनीको फर्जी कारबाही मान्य हुँदैनः राजेन्द्र महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदहरुलाई गरेको कारबाही मान्य नहुने बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेशसभाका आफ्ना चार जना सांसदलाई पदमुक्त गरिएको विषयमा नेता महतोले फर्जी कारबाही मान्य नहुने बताएका हुन् । उनले उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले गरेको कारबाही आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।

उनीहरुलाई कारबाही गर्नका लागि कार्यकारिणी समितिको बैठक नै नबसेको भन्दै नेता महतोले प्रदेश सभाका बहुमत सांसदलाई कसैले कारबाही गर्न नसक्ने भन्दै उक्त निर्णय कार्यन्वयनमा नआउने बताए ।

जसपाले अध्यक्षद्वय उपेन्द्र यादव र डा. बावुराम भट्टराईले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।