राजेन्द्र महतोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नियुक्त बदर गर्न माग

राजेन्द्र महतोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नियुक्त बदर गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता वीरभद्र जोशीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै महतोले मन्त्री भएको आधा घण्टा नबित्तै नेपाललाई बहु राष्ट्रिय राज्यमा रुपान्तरण गर्न मुक्ति संग्राम चलाउन सरकारमा सहभागी भएको भन्दै दिएको अधिव्यक्ति संविधान विपरित भएको भन्दै रिट दायर गरेका छन् ।

उनले महतोलाई मन्त्री पदमा गरिएको नियुक्त बदर गर्न पनि माग गरेका छन् । महतोलाई मन्त्रीका हैसियतले कुनै पनि कार्य नगर्न नगराउन भनि परमादेशको आदेश जारी गर्न पनि माग गरिएको छ ।

निवेदनमा अधिवक्ता जोशीले महतोले संविधान २०७२ को प्रति जलाएको फोटो, उनले दिएको अभिव्यक्तिको भिडियो क्लिप पनि पेश गरेका छन् ।