महतो राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न सिलिण्डर

महतो राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न सिलिण्डर


काठमाण्डु – राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको पार्टी मंगलबार आयोगमा दर्ता भएर प्रमाणपत्र पाएको हो ।

राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । मंगलबार आयोगले उनको निवेदन स्वीकृत गरेको हो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरे पनि निर्वाचन आयोगले ग्यास सिलिण्डर दिएको छ ।

गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत आयोगले सो पार्टीलाई दिएको छ ।

पार्टीको मार्ग निर्देशक सिद्धान्त स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद छ ।