काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मान हानी गर्न खोजेको भन्दै सरकारले आफुसँग माफी माग्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद महतोले संवेदनशील विषयमा निर्णय गर्दा पुरा संरचना नदिएको भन्दै उनले सरकारलाई भ्रमको खेति नगर्न आग्रह गरे ।
उनले सरकारको नियतमाथि प्रश्न उठाउँदै भने, ‘कुन राजेन्द्र महतो हो ?, राजेन्द्र महतो नाम भएका व्यक्ति त धेरै छन् ।’
आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ताले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज भएको बताएका थिए ।
महतोले भने, ‘भोलिचाहिँ कृष्णबहादुर महरा ‘महाडकैत’, आजीवन कारावास भयो भनेर समाचार आएकोमा सभामुख कृष्णबहादुर महरा भनेर समाचार आएमा के हुन्छ त्यो ? ।




प्रतिक्रिया