संघीयता सखाप भयो, कसरी संघीयता बलियो हुन्छ ?: राजेन्द्र महतो

संघीयता सखाप भयो, कसरी संघीयता बलियो हुन्छ ?: राजेन्द्र महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी(जसपा)का नेता राजेन्द्र महतोले राज्यको चरित्र अनुसारको बजेट आएको टिप्पणी गरेका छन् ।

आइतबार संघीय संसदमा बजेटमाथिको छलफलमा बोल्दै सांसद महतोले बजेटले थप निराशा सिर्जना गरेका कारण यसमाथि टिप्पणी गर्नु आवश्यक नभएको बताएका छन् ।

उनले बजेटले सत्तापक्षको मात्रै पक्षपोषण गरेको र आम जनतालाई उत्साह हुने कार्यक्रम नै नरहेको बताए । उनले बजेट ल्याउनेले आफूलाई मालिक ठानेको र उत्पीडित पक्षलाई भिखारी मानेको बताए ।

शासक वर्ग छोडेर आमजनता बजेटबाट कति उत्साहित छ त्यो महत्वपूर्ण रहने बताउँदै हरेक वर्ष जनता उत्साहित हुन नसकेको बताए । बजेट निराशाजनक भएकोले के टिप्पणी गर्ने भन्दै प्रश्न गरे ।

कोरोना संक्रमणका बेला जनताको स्वास्थ्य कसरी रक्षा गर्न सकिन्छ बजेटमा त्यस्तो केही नभएको उल्लेख गरे । लकडाउन भएको २ महिना भएको, जनताले खान नपाएको बेला जनताप्रतिको दायित्व पूरा नगरी ३ घण्टा बजेट भाषण गरेर के हुन्छ भन्दै उनले प्रश्न गरे ।

बजेट भाषणमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेपनि जनताहरु भोकले मरिरहेको उनले बताए । सप्तरीको टोमलाल मुसहर, धादिङको सुर्यबहादुर तामाङ, धनुषाको वीरेन्द्र यादव भोकै मरेको भन्दै सरकारको अलिकति पनि नैतिकता नभएको बताए । उनले मोरङमा एक सुत्केरी महिला भोकै परेर बिरामी भएको उदाहरण उनले दिए ।

उनले ८९ प्रतिशत बजेट केन्द्रमा राखेको भन्दै कसरी संघीयता बलियो हुन्छ भन्दै प्रश्न गरे । उनले संघीयता सखाप पारिएको बताए । उनले तराइको जमिन मरुभूभी हुन लागेको, वन सखाप पारिएको, ३० लाख मानिस पहाडबाट तराईमा राखिएको भन्दै आलोचना गरे ।