राजेन्द्र महतोको प्रश्नः प्रचण्ड र प्रधानमन्त्री जेल बस्नुपर्दैन ? रेशम चौधरी मात्रै बस्नु पर्ने ?

राजेन्द्र महतोको प्रश्नः प्रचण्ड र प्रधानमन्त्री जेल बस्नुपर्दैन ? रेशम चौधरी मात्रै बस्नु पर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी र लक्ष्मण थारुलाई फसाइएको बताएका छन् ।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले टीकापुर घटनामा चौधरी र थारुलाई षड्यन्त्रमूलक ढंगले फसाइएको आरोप लगाएका हुन् ।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा १७ हजार मान्छे मारेर छुट पाएको भन्दै कानून सबैका लागि बराबर हुनुपर्ने बताए । नेता महतोले प्रचण्डलाई १७ हजार वर्ष जेल सजाय हुनुपर्ने बताए ।

‘पहिचनाका लागि आन्दोलन गर्नु अपराध थियो भने १७ हजार मान्छे मार्ने माओवादी आन्दोलन त्यसको नेता प्रचण्ड । १७ हजार मान्छे मार्ने आन्दोलनमा ५ ७ हजार सुरक्षाकर्मी र जनताका छोराछोरी पनि मारिएका थिए’, उनले भने, ‘खै त प्रचण्ड जेल गउको रेशम चौधरी मात्रै जेल जानु ? रेशमलाई आजीवन कारबास सजाय हुने हो भने १७ हजार वर्ष जेल सजाय हुन्छ नि प्रचण्डलाई । हुँदैन र ? एक देशको दुई वटा कानून हुन्छ र ?’

नेता महतोले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले झापा आन्दोलनमा बञ्चरोले मान्छे काटेको बताउँदै प्रधानमन्त्रले पनि जेल बस्नुपर्ने बताए ।

‘वर्तमान प्रधानमन्त्री केपी ओलीले झापा आन्दोलनमा बञ्चरोले टाउको काटेको होइन ? अनि उनी देशको प्रधानमन्त्री हुने, प्रचण्ड देशको प्रधानमन्त्री हुने अनि थारु चाहिँ जेलमा बस्नु पर्ने ? यही हो सबैको साझा फूलबारी, यही हो सबैको देश ?’, उनले प्रश्न गरे ।