नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो

नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा सांसद महतोले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै कूटनीतिक तवरबाटै वार्ताको माहोल सिर्जना गरेर जमिन फिर्ता गर्न आग्रह गरेका हुन् ।

’त्यो जमिन र भूमि चाहियो नेपाली नागरिकलाई । सरकारले वार्ता गरेर त्यो जग्गा फिर्ता ल्याइदिनुपर्याे । नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारले बनाएको होइन । संसद्मा उल्टापाल्टा कुरा गरेर माहोल अप्ठ्यारो नबनाउनुस् । जनता–जनताबीच बनेको सम्बन्ध बिग्रन नदिनुहोस्,’ नेता महतोले भने ।

राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भूभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन’, उनले भने, ‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्।’ उनले आजको बैठक सारा नेपाली जनताले हेरिरहेको र यो सामान्य प्रस्ताव नभइ देशको भूमिको प्रस्ताव भएको बताए।

‘राष्ट्रियतासँग जोडिएको, देशको अखण्डतासँग जोडिएको सवाल हो, कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नक्सामा राख्ने प्रक्रिया हो’, उनले भने, ‘राष्ट्रियताको सवालमा पनि एकलौटी हुन्छ? यो कसैको एकलौटी हुँदैन, एउटा वर्ग, एउटा क्षेत्रको हुँदैन।’उनले संविधानमा आफूहरुको असहमति रहेको र यो मधेस, जनजातिको पक्षमा नभएको बताए। उनले जनता समाजवादी पार्टीले संविधान संशोधनमा सहर्ष समर्थन गर्ने समेत बताए।