राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे

राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका थिए ।

तर, पाण्डे लिङ्देन समूहमा खुलेका हुन् । राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि उनलाई आफ्नो उपाध्यक्षमा राखेको थियो ।

पाण्डे राप्रपाका प्रभावशाली नेता मानिन्छन् । पाण्डे अन्तिम समयमा लिङ्देनको र्‍यालीमा सहभागी भएर थापासँग आफू नभएको सन्देश प्रवाह गरेका हुन् ।मनोनयनको प्रारम्भिक नामावली आउन भने बाँकी छ । त्यसमा दाबी विरोध भई अन्तिम नामावली आएपछि पाण्डे कुन प्यानलबाट चुनाव लड्नेछन् भन्ने खुल्नेछ ।