काठमाण्डु – बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजेन्द्रप्रसाद पाण्डेले दाबी पेश गरेका छन् । मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आजै साँझ दाबी पत्र बुझाएका हुन् ।
उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका थिए ।
यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए ।




प्रतिक्रिया