वागमतीका मुख्यमन्त्री हटाउन कांग्रेस र माओवादीका सांसदले थाले हस्ताक्षर संकलन

वागमतीका मुख्यमन्त्री हटाउन कांग्रेस र माओवादीका सांसदले थाले हस्ताक्षर संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पदबाट हटाउने कसरत सुरु भएको छ । मुख्यमन्त्री पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका हुन् ।

गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो ।

कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले पूर्वसहमति अनुसार पदबाट हट्न पाण्डेलाई आग्रह गरेका थिए । तर पाण्डेले पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रको दावी छ ।

आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट पास भएलगत्तै पूर्वसहमतिअनुसार काँग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै संघर्ष सुरु गरिएको जनाइएको छ ।

बागमती प्रदेश सरकार परिवर्तनको लागि कुल १०७ जना सांसद् मध्ये ५४ जना सांसद्को समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाको एक सांसद् रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका मध्ये २ जना स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेपछि ४१ जना मात्र कायम रहेका छन् ।