विश्वासको मत लिँदै मुख्यमन्त्री राई

विश्वासको मत लिँदै मुख्यमन्त्री राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदैछन् । बिहान ११ः ३० बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार नै विश्वासको मत लिने कार्यसूची तय भएपनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण एमालेका सांसद उपस्थित नभएपछि बैठक स्थगित गरेर सभामुख प्रदीपकुमार भण्डारीले आजको लागि मिति तय गरेका थिए ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राई कात्तिक १६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मुख्यमन्त्री बनेको दुई सातापछि आज विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बनेको ३० दिन भित्रमा विस्वासको मत लिनुपर्ने प्रबधान भएपनी राईले मन्त्रीमणल बिस्तार गर्नुपर्ने चुनौती रहेकाले सो भन्दा अगाडि नै विश्वासको मत लिने भएका हुन् ।

राई पाँच दलीय गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।