कसरी जोगियो राजेन्द्र श्रेष्ठको मन्त्री पद ?


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ ।

सोमबार बिहान जसपाका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेका थिए ।

उादवको सिफारिसअनुसार प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गरिसकेका छन् । जसपाले सरकारमा सहभागी आफ्ना ४ मध्ये तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।

जसपाले महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो । सोही पार्टीबाट सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठ भने यथावत रहेका छन् ।

जसपाका ४ मध्ये एक मन्त्रीले किन राजीनामा दिएनन् या किन फिर्ता बोलाइएन ? भन्ने सर्वत्र प्रश्न उठेको छ ।  जसपाका एक नेताका अनुसार श्रेष्ठ पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट नेता भएकाले मन्त्री पद जोगिएको हो । श्रेष्ठ यसअघि अशोक राई पक्षमा थिए । जसपामा पहाडी मुलको अर्को सांसद नभएकाले पनि श्रेष्ठको पद जोगिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement