राजेश हमाल कर्णाली एसभीएसको ‘ब्राण्ड एम्बेस्डर’

राजेश हमाल कर्णाली एसभीएसको ‘ब्राण्ड एम्बेस्डर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एभरेष्ट महिला भलिबल लीग (इडब्ल्यूभीएल) को दोस्रो सिजनका लागि कर्णाली एसभीएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।

कर्णाली एसभीएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

कर्णाली एसभीएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए । महानायक हमालले कर्णाली एसभीएसले नेपाली महिला खेलाडीहरूलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त गरे ।

हमालले आफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने, ‘भलिबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरूले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् ।’ हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली एसभीएसले यस वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।

कर्णाली एसभीएसले बिहीबार मात्रै प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ ।

पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ ।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लीग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।