मधेशका पूर्वप्रदेश प्रमुख झा बालिका बलात्कार आरोपमा पक्राउ

मधेशका पूर्वप्रदेश प्रमुख झा बालिका बलात्कार आरोपमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

काठमाण्डु जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बलात्कार आरोपमा उजुरी आएपछि उनलाई भद्रकालीबाट पक्राउ गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाण्डुमा उनीविरुद्ध माघ ३ गते उजुरी परेको थियो । पक्राउलगत्तै आईतबारै उनलाई थुनामा राख्ने अनुमतिका लागि अदालतमा पेश गरिएकोमा ५ दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालतले गत चैत २५ गते उनीविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो ।