उद्योगी राजेश अग्रवाल नेकपा एमालेमा प्रवेश

उद्योगी राजेश अग्रवाल नेकपा एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योगी राजेश कुमार अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रवाललाई खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि उनले देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत रहेका अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालीका महाप्रबन्धक हुन् ।

‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।