पदमुक्त भएपश्चात पाउने सेवा सुविधा नलिने अहिराजको घोषणा

पदमुक्त भएपश्चात पाउने सेवा सुविधा नलिने अहिराजको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले पदमुक्त भएपश्चात पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

‘पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु,’ उनले भनेका छन् ।

अहिराजले आजैको मितिबाट नीजि सुरक्षाकर्मी पनि फिर्ता पठाउने बताएका छन् । उनले अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आम नागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ । ’ नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गतेको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।