मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद समावेशी बनाऊ

मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद समावेशी बनाऊ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले प्रदेश २ को सरकार समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई सचेत गराएका छन् । मुख्यमन्त्री राउतलाई पत्र लेख्दै प्रदेश प्रमुख झाले नवगठित मन्त्रिपरिषद् समावेशी बनाउन आग्रह गरेका हुन् ।

प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई सहभागी नगराएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आइतबार चार पृष्ठ लामो पत्र पठाएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनामा प्रदेश २ ले उल्लेख्य योगदान पुर्याएको भन्दै प्रदेश प्रमुख झाले महिला, दलित, आदिबासी, गैरमधेसीलगायतलाई समानुपातिक समावेशी उपस्थिति गराउने विषयमा विशेष पहल गर्न मुख्यमन्त्रीलाई पत्रमार्फत स्मरण गराएका छन् ।

प्रदेशका मुख्यमन्त्रीसहित ७ मन्त्रीमा सबै पुरुष छन् । तीन दिनअघि मात्रै कांग्रेस तीन मन्त्री लिएर सरकारमा सहभागी भएको थियो । कांग्रसबाट मन्त्री भएका तीनजना पुरुष हुन् ।