राजेश हमालले भनेः दीपाश्रीलाई माफि दिनुहोला

राजेश हमालले भनेः दीपाश्रीलाई माफि दिनुहोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । मंगलबार एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् ।

आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

आफू सहिष्णु भएर कतिपय कुरालाई नजरअन्दाज गरेर निरन्तर आफ्नो कर्म गरिरहेको भन्दै अरुमा पनि सहिष्णुता हुनुपर्ने बताएका छन् ।