महानायक हमालले टेलिभिजन कार्यकम ‘जातको प्रश्न’ कार्यक्रम सञ्चालन गर्दै


काठमाण्डु – महानायक राजेश हमालले टेलिभिजन कार्यकम ‘जातको प्रश्न’ ल्याउने भएका छन् । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका राजेश टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत सानो पर्दामा देखिन लागेका हुन् ।

यस अगाडि राजेशले टेलिभिजनमा ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ कार्यक्रम संचालन गरेका थिए । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो ।

साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलनमार्फ विस्तृत जानकारी गराउने बताइएको छ ।

‘जातको प्रश्न’ कार्यक्रममा राजेशले जातपात र यसको कारणले हुने विभेदको विषयमा फिल्डमा उत्रिएर बहस चलाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement